Search
Close this search box.

१० किलो गाँजासहित दुई जना मकवानपुर प्रहरीकाे नियन्त्रणमा

हेटौंडा । मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजा सहित २ जना महिलालाई पक्राउ गरेको छ। हेटौंडा- १५ रातोमाटे चोकपोष्टस्थित सडकखण्डबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका- २ बस्ने वर्ष ४० की फुलमाया स्याङ्वो र सोही स्थान बस्ने वर्ष ३० की निर्मला मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार सोमबार ११:२० को समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा हेटौंडाबाट बिरगंजतर्फ जादैं गरेको बा ३ ख ८३९४ नं. को यात्रुवाहक बसमा सवार भई आएका स्याङ्वो र मोक्तानलाई शंका लागी खानतलासी गर्ने क्रममा निजहरुको झोला भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा १० किलो ४०० ग्राम लागूऔषध गाँजा फेला परेको हो।
उक्त लागुऔषध बरामद गरी स्याङ्वो र मोक्तानलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan