हेटौंडा । १ ग्राम ६५० मिलि ग्राम लागूऔषध खैरो हेरोईनसहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
हेटौंडा -९ स्थित गुम्बा चोकबाट उक्त लागुऔषधसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-९ घर भई हाल हेटौंडा-४ कर्रामा बस्ने वर्ष १९ को निश्चल लामा नेगी र चितवन राप्ती नगरपालिका-६ घर भई हाल हेटौंडा -९ मा डेरा गरी बस्ने बर्ष २० को अभिषेक राना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको अनुसार बुधबार ३:१० बजेको समयमा हेटौंडा – ९ स्थित गुम्बा चोकमा लागूऔषध कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा लामा र रानालाई खानतलासी गर्दा १ ग्राम ६५० मि.लि. लागूऔषध खैरो हेरोईन फेला परेको हो।
उक्त लागूऔषधसहित लामा र रानालाई नियन्त्रणमा लिई लागूऔषध खैरो हेरोईन सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?

