Search
Close this search box.

कपडाको मुल्य बढि भयो भन्दै कुटपिट गर्ने थिङ पक्राउ


हेटौंडा । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा एकजनालाई पक्राउ गरेको छ।
पकाउ पर्नेमा १२ पदमपोखरी बस्ने वर्ष ३५ को बिजय थिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बिहिवार ३ बजेको समयमा हेटौंडा – ११ घर भई १० नम्बर राप्तीरोडस्थित दास ईम्पोरियर कपडा पसलका संचालक वर्ष ६१ को बिन्दल दासलाई कपडा खरिद गर्न आएका थिङ लगायत केहि व्यक्तीहरुको समुहले कपडा खरिद गर्ने क्रममा कपडाको मुल्य बढि भयो भन्दै अश्लिल शब्द प्रयोग गरी वादविवाद गर्नुका साथै कपडा संचालकको टाउँकोमा काठको बेलना प्रहार गरी गहिरो चोट बनाई घाईते बनाएको घटनाको अनुसन्धान गर्ने क्रममा थिङलाई पक्राउ गरेको हो।

थिङलाई ज्यान मार्ने उद्योग कसुर मुद्धामा थप अनुसन्धान कार्य भई रहेको र घटनामा संलग्न अन्य व्यक्तीहरुको पहिचान गरी खोजी कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan