Search
Close this search box.

हेटौंडामा गाईगोठबाट जुवातास खेल्ने पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ।
हेटौडा-१६ गौरीटार रंगशालास्थित दामोदार चौलागाईको गाईगोठबाट जुवातास खेलिरहेको अवस्थामा ८१ हजार ३सय ९०रुपैयाँ सहित पाँच जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा हेटौंडा -१६ गौरीटार बस्ने वर्ष ४५ को दामोदार चौलागाई, वर्ष २९ को बिश्व स्याङ्तान,  वर्ष २९ को सुदिप पोख्रेल, वर्ष २९ को प्रदिप ओझा र  वर्ष ५२ को बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार चौलागाईको गाईगोठमा पैसाको हारजित हुने गरी जुवा तास खेली खेलाई रहेको छ भन्ने सूचनाको आधारमा उक्त स्थानमा पुगी गाईगोठ भित्र प्रवेश गरी हेर्दा काठको खाट माथी खाल राखी पैसाको हारजित हुने गरी जुवा तास खेली खेलाई रहेको अवस्थामा ७ बुक तास, नगद ८१हजार ३सय९० र गोट्टी सहितको काठको लुडो समेत फेला पारेको हो।
उक्त नगद तथा ७ बुक तास बरामद गरी पाँच जनालाई नियन्त्रणमा लिइ जुवा सम्बन्धी कसुर मुद्धामा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान तथा कारबाही भईरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan