Search
Close this search box.

हेटौंडामा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु


हेटौंडा – हेटौंडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।हेटौंडा-१९ स्थित एक खोल्सामा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

मृत्यु हुनेमा भारत बिहार राज्य पुर्वि चम्पारण बस्ने वर्ष ४० को भुषण बैठा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार आज २ बजेको समयमा हेटौंडा – १९ स्थित नेवारपानी रहेको कमल सुवेदी, रमेश पौडेल र सुर्दशन विडारीले संयुक्त रुपमा संचालन गरेको तारा फाईबर उद्योगमा हेड अपरेटरको रुपमा काम गर्ने कामदार बैठा सोही उद्योग नजिकै रहेको खोला(सोनो खोल्सा) किनाराबाट मोटर लगाएर पानी तान्ने क्रममा पानी नआएपछि के समस्या भएको हो भनि चेकजाँच गर्ने क्रममा अचानक करेन्ट लागि घटनास्थलमै मृत्यु भएको हो।
शव हेटौंडा अस्पतालमा रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan