Search
Close this search box.

सवारी साधनले ठक्कर दिँदा एक जनाको मृत्यु


हेटौंडा । मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालस्थित चित्लाङ-चन्द्रागिरी सडकखण्डमा नम्बर नखुलेको के-कुन सवारी साधनले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा थाहा नगरपालिका – ६ बज्रबाराही बस्ने वर्ष ७१ को सिताराम महर्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बिहिवार ३ बजेको समयमा चित्लाङ-चन्द्रागिरी सडकखण्डमा हाल नम्बर नखुलेको के-कुन सवारी साधनले महर्जनलाई सडक छेउमा हिडिरहेको अवस्थामा ठक्कर दिई फरार भएको हो।

घाइते महर्जनलाई शरिरको विभिन्न भागमा चोट रहेको,गम्भीर अवस्थामा बज्रबाराहीमा सामान्य उपचार पश्चात थप उपचारको लागी घाईते उपचारको लागी शसस्त्र प्रहरी अस्पताल सतुङ्गल काठमाडौं पुग्नासाथ डाक्टरले मृत घोषणा गरेको थियो।

शव सोही अस्पतालमा रहेको, ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan