हेटौंडा । मनहरी गाउँपालिकामा ३ दिने योग शिविर सम्पन्न भएको छ। पालिकाका जनप्रतिनिधि, शाखा प्रमुख र कर्मचारीको तनाव व्यवस्थापनका लागि संचालन गरिएको ३ दिने योग शिविर शुक्रबार भएको हो।
महिला सशक्तीकरण तथा गरीबी निवारण समूह नेपालको आयोजना तथा मनहरी गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम भएको हो।
पालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठ,कार्यपालिका सदस्य सविता बर्तौला, योग शिविर प्रशिक्षक होमनाथ आचार्य,शाखा प्रमुखलगायत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति थियो।
प्रमुख अतिथि सुवेदीले शिविरले कार्य छेत्रमा सेवाग्राहीलाई असल तरिकाले सेवा दिन शिविरले सिकाएको बताएका छन् । उनले शिविरले सुखको सुत्र सिकाएको भन्दै खुशी व्यक्त गरेका छन् ।
केही प्रतिक्रिया छ कि ?

