Search
Close this search box.

ब्रेकफेल भइ सवारी दुर्घटना हुँदा चालकको मृत्यु, सह चालक घाइते

हेटौंडा । ब्रेकफेल भइ (लहरी) सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
हेटौंडा -१५ रातोमाटेस्थित पुर्व पश्चिम सडकखण्ड अन्तर्गत चार्जिङ पोइन्ट नजिकै भारतको वनारस बाट रिद्दिसिदी सिमेन्ट फ्याक्ट्रीको लागी कोइला लिइ आउँदै गरेको UP61AT 0962 नं.को लहरी ट्रक ब्रेकफेल भइ बाटोको दाहिने किनारमा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा चालक देश भारत गाजिपुर जिल्ला पुरैनिया बस्ने वर्ष ४५ को महेन्द्र यादवको मृत्यु भएको र सहचालक देश भारत जिल्ला गाजिपुर बस्ने वर्ष २६ को मनोज यादब घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
क्रेनको सहयोगमा गाडी भित्र च्यापिएको चालक यादवलाई उद्धार गरी उपचारको लागी हेटौडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको शव हेटौडा अस्पतालको शव गृहमा राखीएको प्रहरीले जनाएको छ। सहचालकको उपचार भइरहेको र अवस्था सामान्य रहेको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan