हेटौंडा।हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलमाथि कुटपिट भएको छ । बाटो मर्मतकार्यमा रहेको स्थानमा एक महिलाले आफूमाथि हातपात गरेको भन्दै उनले बिहीबार पालिकामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
लामो समयदेखि नबनेको सडक मर्मत गर्न माटो झिकेको र माटो सार्वजनिक स्थानमा लैजानुपर्छ भन्ने विषयमा कुरा गर्दै गर्दा मञ्जु लामाले भिडियो बनाइरहेकी थिइन् । बारम्बार भिडियो नबनाउन आग्रह गर्दा अटेर गरेपछि मोबाइल हटाउने क्रममा मोबाइल भुइँमा झरेपछि आफूमाथि कुटपिट भएको उनले बताए । ‘जनप्रतिनिधिलाई जसले जे गर्दा पनि हुन्छ भन्ने होइन । हामीलाई काम गर्ने क्रममा बारम्बार सांकेतिक हमला भइरहेको छ । लामाले माटो बेच्न खोजेकी थिइन् । मैले नदिएपछि घटना घट्यो,’ उनले भनिन् । पालिकाकी मेयर मीना लामा भन्छिन्–जनप्रतिनिधिलाई बारम्बार आक्रमण भयो, अब हामी यो सहँदैनौं । हामी सबै जनप्रतिनिधिले शुक्रबार पेनडाउन गर्छौ । जनप्रतिनिधिले कुनै सेवा दिने छैनन् । हामी जिल्ला प्रशासनअगाडि हुनेछौं ।
जनप्रतिनिधि माथी हातपातका घट्ना पहिलो भने होइन् ।
गत असार ४ गते १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने माथी पनि मोबिल छ्यापिनुको साथै हातपातसमेत भएको थियो। सो घटनामा प्रहरी अहिलेसम्म दोषीलाई पक्राउ गर्न सकेको छैन् ।


