Search
Close this search box.

बनभोजमा गएका शर्माको खोलाले बगाएर मृत्यु


हेटौंडा । मकवानपुरको भिमफेदीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्सा बिरगन्ज महानगरपालिका- ५ बस्ने वर्ष ४५ को पुरुषोत्तम शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भिमफेदी गाउँपालिका- १ टौवासस्थित बिरगन्जबाट इभि गाडी रिजर्भ गरी घुम्न आई बनभोजमा रमाईलो गरीरहेको अवस्थामा ५ जना मानिसहरु टौवास खोलामा नुहाई खोला तर्ने क्रममा खोलामा पानीको बाहब बढ्न गई शर्मालाई खोलाले बगाई अन्दाजी ४०० मिटर तलसम्म बगाई मृत्यु भएको हो।
घटनास्थल सुरक्षित राखीएको, थप अनुसन्धान तथा मुचुल्का कार्य भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan