Search
Close this search box.

हेटौंडामा रोकिराखेको टिपरमा आगलागी


हेटौंडा । हेटौंडा -८ फुर्केचौरमा रोकि राखेको टिपरमा आगलागी भएको छ। .प्र.०३-००१ क ०१९६ नं.को खाली टिपर गाडीमा अचानक आगोलागी भएको हो।

मंगलबार बिहान ६:४५ बजेको समयमा हेटौंडा – १८ फुर्केचौरस्थित बाटो छेउमा रोकी राखेको टिपरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार चालक र सहचालक चिया खानको लागि टिपरबाट झर्नासाथ बा.प्र.०३-००१ क ०१९६ नं.को खाली टिपर गाडीमा अचानक आगोलागी भएको हो।
हेटौंडा उपमहानगरपालिका दमकलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको छ।

टिफरको अगाडीको भाग पुर्णरुपमा क्षति भएको छ टिपर चालक मकवानपुरको बकैया गाउँपालिका – ५ बस्ने वर्ष २६ को सन्तोष थिङ रहेका छन् ।
वाईरिङ सर्ट भएको कारण आगो लागेको हुन सक्ने बुझिएको र थप अनुसन्धान भईरहेको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan