Search
Close this search box.

लागूऔषध खैरोहेरोईनसहित पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले १ ग्राम ६०० मिली ग्राम लागूऔषध खैरोहेरोईनसहित एकजनालाई पक्राउ गरेको छ।
प्रहरीले हेटौंडा-११स्थित थानाभर्‍याङबाट उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उक्त स्थान बस्ने वर्ष ४४ को रबिन्द्र पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार लागुऔषध कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा पुडासैनीलाई फेला पारी
खानतलासी गर्दा लागूऔषध खैरोहेरोईन
१ ग्राम ६०० मिली ग्राम फेला परेको हो।

उक्त लागूऔषध बरामद गरी पुडासैनीलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्धामा थप अनुसन्धान तथा कारबाही भईरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan