मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ ईपास्थित माण्डु हाइड्रोपावरको पानी छान्ने जालीमा अज्ञात महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब ७ः३० बजे बागमती खोलाले बगाएर ल्याएको अवस्थामा करिब ३५ देखि ४० वर्ष उमेरकी महिलाको शव फेला परेको हो।
प्रहरीले घटनास्थल तथा शव जाँच मुचुल्कासहित प्रारम्भिक अनुसन्धान पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पतालको शवगृहमा ल्याएर राखेको जनाएको छ।
हालसम्म मृतक महिलाका आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको उचाइ करिब ५ फिट ३ इन्च, ठिक्कको मोटो शरीर र कालो लामो कपाल रहेको छ। शवको पहिचान खुल्न सकेको छैन।
मृतक महिलाका आफन्त वा उनलाई चिन्न सक्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्क गरी शव सनाखत गर्न प्रहरीले अनुरोध गरेको छ।
केही प्रतिक्रिया छ कि ?
