Search
Close this search box.

लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित तराई मधेस फास्ट ट्र्याकमा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो करिब २ बजे काम गर्ने क्रममा लोडरको पछाडिको चक्काले ठक्कर दिँदा चिनियाँ नागरिक ५१ वर्षीय GUO FANGSHUN गम्भीर घाइते भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडको तर्फबाट फास्ट ट्र्याकमा सुपरभाइजरका रूपमा कार्यरत GUO गत फागुन ३ गतेदेखि उक्त कम्पनीमा काम गर्दै आएका थिए।

प्रहरीका अनुसार लोडर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ४८ वर्षीय गौरसिंह साउद रहेका छन्।

 मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको शवगृहमा राखिएको छभने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan