Search
Close this search box.

गजल मञ्चकाे २२६ औँ गजल यात्रा, ‘अनायास’ कृतिमाथि विमर्श

हेटौंडा- गजल मञ्च मकवानपुरको २२६औँ गजल यात्रा शनिबार हेटौंडामा सम्पन्न भएको छ। साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त सभाहलमा आयोजित कार्यक्रममा गजलकार रामकृष्ण अनयासको गजल कृति ‘अनायास’ माथि विमर्श भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष देवराज तिवारी तथा विशिष्ट अतिथिका रूपमा गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभात, अग्रज साहित्यकार रमेशमोहन अधिकारी र महाकाव्यकार मुना अर्यालको उपस्थिति थियो । गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।

गजलकार अनयासले दुई चरणमा पाँच उत्कृष्ट गजल वाचन गर्दै श्रोता–साहित्यप्रेमीको मन जित्न सफल भएका थिए । उनका गजलहरू गहिरा भाव, सशक्त शैली र समसामयिक सन्देशले भरिएका थिए । विमर्श सत्रमा बोल्दै साहित्यकार रमेश प्रभात र विश्वनाथ सञ्जेलले ‘अनायास’ कृति नेपाली गजल साहित्यमा एउटा सशक्त कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अनुसुया खनाल, स्वस्तिका बानियाँ, स्वस्तिका दाहाल, राम कार्की, मिथिला अधिकारी, मनोज मधुर, सागर तिमल्सिना, सानु खनाल र गौरी कँडेलले गजल वाचन गरेका थिए । गजल मञ्च चितवनका लेखराम सापकोटा तथा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी.बी. बर्तौलाले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा गजल मञ्च मकवानपुरका संरक्षक मुक्ति गोविन्द वैद्य, पूर्व अध्यक्ष यश लामा, निवर्तमान अध्यक्ष केशव समर्पण, झरना साहित्यिक परिवारका सचिव मसान उपासक, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्य, प्रलेश मकवानपुरका अध्यक्ष विशाल अधिकारी ‘आशुतोष’ लगायत विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मञ्चका उपाध्यक्ष हरि पौड्यालले स्वागत मन्तव्य राखेका थिए । गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार गजल यात्रा आयोजना गर्दै आएको छ । नवप्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित मञ्चले गजल वाचन, प्रशिक्षण, विमर्श तथा सांगीतिक प्रस्तुति समावेश कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan