हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेको छ।
शुक्रबार र शनिबार लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा हेटौंडाको विभिन्न स्थानमा गरिएको अपरेशनमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौंडा–१ का २० वर्षीय सतिस लामा, हेटौंडा–५ सानोपोखरा बस्ने २० वर्षीय सञ्जिव लामा, भिमफेदी गाउँपालिका–२ कालिकाटारकी १९ वर्षीया सन्ध्या पाख्रिन, र मकवानपुरगढी गाउँपालिका–२ बाँसपानीकी १९ वर्षीया सन्ध्या घलान छन्। उनीहरूको साथबाट २ ग्राम २१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
त्यस्तै, हेटौंडा–१५ रातोमाटे चेकिङ पोइन्टबाट ना ३७ प ६४४९ नम्बरको मोटरसाइकल चालक पर्सा, पोखरिया नगरपालिका–१ बनकटवाका २७ वर्षीय अकलेश महतो कुशहवाको साथबाट २ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो।
यसबाहेक, सप्तरी शम्भुनाथ नगरपालिका–६ घर भई हाल हेटौंडा–९ लामसुरे बस्ने ३६ वर्षीय शैलेन्द्र चौधरी र सप्तरी, राजगढ–२ बनैनियाका स्थायी बासिन्दा हाल हेटौंडा–१० बसोबास गर्दै आएका ३६ वर्षीय अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
सामूहिक रूपमा सातै जनाको साथबाट कुल ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
पक्राउ परेका सबैविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
उक्त लाफ

