Search
Close this search box.

शिवम सिमेन्ट परिसर भित्रबाट चोरी गर्ने पक्राउ

हेटौंडा । शिवम् सिमेन्ट उद्योगमा चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
हेटौंडा -१६ हटियास्थितमा रहेको शिवम् सिमेन्ट उद्योग परिसर भित्रबाट प्रवेश गरी मेकानिकल वर्कशप भित्र रहेको सामाग्री चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला सर्लाही बसबढिया गाउँपालिका -३ बस्ने वर्ष २५ को सुनिल कुमार यादव, जिल्ला रौतहट गरुडा नगरपालिका -५ बस्ने वर्ष २५ को पवन यादव र सोही स्थान बस्ने वर्ष २१ को रितेश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार फागुन ३ गते शिवम् सिमेन्ट उद्योग परिसर भित्रबाट अपरिचित मानिसहरु प्रवेश गरी मेकानिकल वर्कशप भित्र रहेको क्रसरको सापटको बुस ( पितलको ) लगायतको सामाग्रीहरु चोरी भएको भनि उजुरी परेको थियो ।

उक्त चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त सामान चोरीमा संलग्न रहेका ३ जनालाई चोरीको सामानसहित हेटौंडा – १५ स्थित सडकबाट साउन ५ र ६ गते नियन्त्रणमा लिएको हो।

उक्त सामानसहित पक्राउ गरि मकवानपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan