मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट शंका लागेर जाँच गरिएको एक कन्टेनर ट्रक (गाडी नं. लु.२ ख ४०४१) मा बिल बिजकभन्दा बढी सामान फेला पारेको छ।
बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ट्रक चेकजाँच गर्दा करिब रु. २८,७०,००० बराबरको अधिक मात्रामा सामान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले उक्त सामानसहितको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएको चालक पर्सा, बिरगंज महानगरपालिका–१४, पिपराका ४५ वर्षीय हिरालाल प्रसाद कुर्मी हुन्।
उनीहरूलाई थप अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाइएको प्रहरीले जानकारी दिएको छ।
केही प्रतिक्रिया छ कि ?

