Search
Close this search box.

एकल महिला समूहको अध्यक्षमा पुनः शारदा चौलागाईं निर्विरोध निर्वाचित


मकवानपुर । मानव अधिकारका लागि महिला एकल महिला समूह हेटौँडा–११ थानाभर्‍याङको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट शारदा चौलागाईं पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्।
समूहकी अध्यक्ष चौलागाईंको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ। जसको उपाध्यक्षमा निर्मला पौडेल, सचिवमा कल्पना आचार्य, सहसचिवमा अमृता थापा मगर र कोषाध्यक्षमा सरला बानियाँ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा उर्मिला घिमिरे, जुनकीरी पुडासैनी, देवकुमारी बस्नेत र अप्सरा अर्याल,अन्जु मुडवरी चयन भएको,दुर्गा थिङ,सुन्तला माया निहि,मिरा खत्री,गोमा चौलागाईं निर्वाचन अधिकृत अप्सरा बस्नेतले नयाँ कार्यसमिति निर्वाचित भएको जानकारी दिइन्।
कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला, वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल, गैरसरकारी संस्था मकवानपुरकी जिल्ला अध्यक्ष रमिला सापकोटा, नेपाल मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठ, हिमराइट्स मकवानपुर संयोजक कुमारी वाइबा, मानव अधिकार बागमती प्रदेशका जायश्वर चापागाईंसहित जिल्लाका विभिन्न पालिकाबाट एकल महिलाहरूको उपस्थिति थियो।

यसैगरी, हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ३, ७ र १९ का उत्कृष्ट वडा सदस्यहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा वडा अध्यक्षहरू सविन न्यौपाने, जुना दाहाल र रामकृष्ण कोइराला तथा नगर प्रमुख मीनाकुमारी लामालाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो। पत्रकार मञ्जु मैनालीलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मीनाकुमारी लामाले आफूले हेटौँडाको विकास र नगरवासीको हितका लागि काम गरेको बताइन्। उनले भनिन्, “मैले हेटौँडालाई बिगारेको छैन, नगरको राम्रो नै गरेको छु। आगामी दिनमा पनि नगरकै भलो हुने काम गर्नेछु। विभिन्न बाधा–अवरोध सहेर आज यहाँसम्म आइपुगेकी छु। मैले सहेको प्रहार मेरो लागि नभएर नगरको हितका लागि हो।” उनले आगामी दिनमा पनि नगरको विकास र नागरिकको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
नेपालमा २०५२ सालमा स्थापना भएको मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरमा भने २०७६ सालमा स्थापना भएको हो।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan