Search
Close this search box.

मनहरीमा भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच र प्रमाणीकरण सुरु हुने


मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा लामो समयदेखि अवरुद्ध रहेको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच र प्रमाणीकरण कार्य सुरु हुने भएको छ।
नेपाल सरकारबाट हालै जारी भएको भूमि तथा वन ऐनसम्बन्धी अध्यादेशका आधारमा गाउँपालिकाले कात्तिक १९ गते बिहीबारदेखि जग्गा नापजाँच तथा प्रमाणीकरणको काम अघि बढाउने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार पहिलो चरणमा वडा नम्बर ६ र वडा नम्बर १ बाट नापजाँच तथा प्रमाणीकरण कार्य सुरु गरिनेछ। त्यसपछि क्रमशः सबै वडामा पालो मिलाएर काम अगाडि बढाइनेछ।
अध्यक्ष कालाखेतीले जग्गा नापजाँच तथा प्रमाणीकरणका क्रममा अनधिकृत व्यक्तिबाट आर्थिक वा अन्य अवाञ्छित चलखेल हुन सक्ने भन्दै सबै सरोकारवालालाई सचेत रहन आग्रह गरेका छन् ।
उनले कुनै पनि गैरकानुनी गतिविधि हुन नदिन र गाउँपालिकाको यस महत्वपूर्ण कार्यलाई सफल बनाउन सहयोग गर्न अनुरोध गरेका छन् । यससम्बन्धी थप जानकारी आवश्यक परेमा सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाका आधिकारिक व्यक्तिसँग सम्पर्क गर्नसमेत उनले आग्रह गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan