Search
Close this search box.

सवारी चालकमाथि कुटपिट गर्ने युवक पक्राउ

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–१ याङराङपुल सडक खण्डमा सवारी साधन रोकी चालकहरूलाई कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब १० बजे सानुटार याङराङपुल नजिकै तरकारी तथा कृषिजन्य उत्पादन बोकेका सवारी साधनहरूलाई “जेनजि” को सदस्य भएको भन्दै अमिर रुम्बा नामका एक युवकले रोकेर गैरकानुनी रूपमा चेकजाँच गर्दै आएका थिए।

२२ वर्षीय अमिर रुम्बाले चालकहरूमाथि कुटपिट गर्नुका साथै अश्लील शब्द प्रयोग गर्दै दुर्व्यवहारसमेत गरेको उजुरीका आधारमा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य पनि जारी राखिएको जानकारी दिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan