हेटौंडा । मनहरी गाउँपालिकाले आर्थिक अभावमा रहेका परिवारहरूको पीडामा साथ दिँदै काजकिरिया खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ।
मंगलबार बिहान मनहरी गाउँपालिका–१ का ९ जना विपन्न परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ नगद सहयोगसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए।
“वडाका केही परिवारहरू यस्ता छन्, जसले काजकिरिया गर्न पनि कठिनाइ बेहोर्नुपर्छ। त्यस्ता अवस्थामा राहतस्वरूप पालिकाले यो कार्य गर्दै आएको हो,” अध्यक्ष कालाखेतीले भने।
कार्यक्रममा सहभागी वडा नं. १ का वडा अध्यक्ष शिव खनालले आफूहरू अभिभावकको भूमिकामा रहेर सधैं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाए।
केही प्रतिक्रिया छ कि ?


