Search
Close this search box.

मकवानपुरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

मकवानपुर । सोमबार साँझ ७ बजे हेटौंडा-४ थाहा चोकस्थित पदम खाजा घर पछाडिको टहरा नजिक प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूका साथमा ६ बुक तास, १६ वटा कौडा र नगद रु. ४७ हजार ७सय९० पनि बरामद भएको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उक्त स्थानमा छापा मारेको थियो। पक्राउ पर्नेमा होटल संचालक पदम बहादुर भोलन ४० वर्ष, समिर योन्जन ३४ वर्ष, हिरा लामा तितुङ ४० वर्ष, मिलन तामाङ ३० वर्ष र रोम प्रसाद चौलागाई ४५ वर्ष रहेका छन्। उनीहरू विभिन्न ठाउँबाट आएका हुन्।

प्रहरीले पक्राउ परेका सबैलाई कानुन बमोजिम कारबाही गरिरहेको बताएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan