Search
Close this search box.

भीमफेदी–कुलेखानी सडकखण्डमा हाईस दुर्घटना, ३ जना घाइते


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा हाईस गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

आज बिहान करिब ११:२० बजे काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ ख ७८७६ नम्बरको हाईस गाडी अचानक ब्रेक फेल भई सडक किनारको भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक प्रेम तामाङको नेतृत्वमा ट्राफिकसहित ६ जनाको टोली खटिएको थियो।

दुर्घटनाका बेला गाडीमा चालकसहित १० जना सवार रहेका थिए। तीमध्ये ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। अन्य यात्रुहरू सामान्य घाइते भई आफैं उपचारका लागि विभिन्न स्वास्थ्य संस्थातर्फ गएका प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan