Search
Close this search box.

हेटौँडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारीको राजीनामा

हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।

मन्त्रिपरिषद्को २०८१ जेठ २४ गतेको निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी रहँदै पद त्यागेका हुन्। उनले ‘परिवर्तित राजनीतिक परिस्थिति’लाई राजीनामाको प्रमुख कारण उल्लेख गरेका छन्।

राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन विभिन्न चुनौतीका बीच निरन्तर प्रयास गरेको बताएका छन्। पुराना मेसिनरी, प्रविधिगत सीमितता तथा आर्थिक अभावका बाबजुद उद्योग सञ्चालनमा राख्न सफल भएको दाबी गर्दै उनले हाल क्लिङ्कर उत्पादन र बिक्री प्रक्रिया नियमित रूपमा चलिरहेको जानकारी दिएका छन्।

यद्यपि, उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति, जगेडा पुर्जा व्यवस्थापन तथा पुँजीगत र चालु खर्चको जोहो गर्न मन्त्रालयसँग पटक–पटक ऋण र अनुदानको माग गरे पनि ठोस निर्णय नभएको उनको गुनासो छ। मन्त्रालयबाट अपेक्षित नीति निर्देशन र आर्थिक सहयोग नपाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan