Search
Close this search box.

हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ गुम्बाचोकस्थित पूर्व–पश्चिम सडक खण्डमा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ११:२५ बजे रातोमाटेतर्फ जाँदै गरेको प्र.३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा पछाडि सवार १८ वर्षीया एकता बैद्य गम्भीर घाइते भएकी थिइन्। उनलाई थप चोट लाग्ने क्रममा ना ६ ख ३१४५ नम्बरको ट्रकसँग ठोक्किँदा अवस्था झन् जटिल बनेको थियो। उपचारका क्रममा दिउँसो १२:२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् भने अर्को मोटरसाइकल चालक २१ वर्षीय पुष्पलाल गुरुङ मध्यम घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि हेटौडा अस्पताल पठाइएको थियो।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, ट्रक तथा ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan