Search
Close this search box.

गोठमा लागेको आगोले १० बाख्रा जलेर मरे

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेमा मुसा धपाउन गोठ नजिक बालिएको आगो अनियन्त्रित भई फैलिँदा ठूलो क्षति भएको छ। आगलागीका कारण स्थानीय सानुकाजी स्याङवोको काठ र जस्ताले बनेको गोठ पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चैत १९ गते बिहीबार साँझ करिब १९:१५ बजे भएको उक्त आगलागीमा १ वटा गाईको बाछी जलेर घाइते भएको छ भने १० वटा बाख्रा जलेर मरेका छन्।

आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan