Search
Close this search box.

लागूऔषधसहित ४ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

 शनिबार र आइतबार प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले गस्तीका क्रममा जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–११ बस्ने ३२ वर्षीय बिकी विश्वकर्मा र हेटौंडा–१२ बस्ने ३० वर्षीय बुद्ध स्याङतानको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन ३ ग्राम १३० मिलिग्राम तथा ट्रामाडोल १० क्याप्सुल बरामद गरिएको थियो ।

त्यसैगरी मकवानपुरगढी गाउँपालिका–३ बस्ने १९ वर्षीय गणेश घिमिरे र हेटौंडा–१ बस्ने ३० वर्षीय सुमन लामाको साथबाट २ किलो ४०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागूऔषधसहित चारै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan