Search
Close this search box.

मकवानपुरमा कार–अटो ठोक्किँदा एक महिलाको मृत्यु, दुई घाइते

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका-७ पाथीभरा स्थित मदन भण्डारी लोक मार्गमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दिउँसो करिब १:५५ बजे सडक किनारामा रोकिराखेको ना २ ह ४५९२ नम्बरको अटोमा हेटौंडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ३०८१ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ठक्करपछि दुवै सवारी साधन सडकको नालीमा खसेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएकी बागमती गाउँपालिका–७ बस्ने ४० वर्षीया चिनी माया रुम्बालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा दिउँसो करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

अन्य घाइतेहरूमा अटो चालक २५ वर्षीय यमन राई र ११ वर्षीय सुबिन पुलामी मगर रहेका छन्। उनीहरूको सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। यमन राईको अवस्था सामान्य र सुबिनको अवस्था मध्यम रहेको जनाइएको छ।

कार चालक काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३५ वर्षीया सुजना लामा भने सकुशल रहेकी छन् र प्रहरी नियन्त्रणमा रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan