Search
Close this search box.

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने


हेटौंडा । हेटाैँडा उपमहानगरपालिकाकाे सबैभन्दा पुरानाे र उत्कृष्ट नतिजा दिलाउदै आएकाे भुटनदेवी माविले कक्षा ११ र १२ मा हाेटल म्यानेजमेन्ट र शिक्षा विषय थप अध्यापन गराउने भएकाे छ । यस अघि साईन्स, सिभिल ईन्जिनियरिङ्ग र व्यावस्थान विषय अध्यापन गराउँद‌ै आएकाे भुटनदेवी माविले व्यवस्थापनतर्फ हाेटल म्यानेजमेन्टका साथै  शिक्षा विषय शैक्षिक वर्ष २०८३/२०८४ देखि थप गर्न लागेकाे हाे ।
हाेटल म्यानेजमेन्टकाे लागि सुविधा सम्पन्न ल्यावकाे समेत व्यवस्थापन गरिने आईतबार भएकाे १२ कक्षाकाे बधाई र विदाई कार्यक्रममा जानकारी गराईएकाे हाे । कार्यक्रममा हरेक कक्षालाई प्रविधि मैत्री, व्यवहारीक र प्रयाेगात्मक माध्यमद्वारा कक्षाहरू सञ्चालन गरिने विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे । उनले शिक्षालाई समयसापेक्ष जनशक्ति उत्पादन गर्नकाे लागि विध्यालय सबै अभ्यास गर्न भाैतिक र शैक्षिक सुधारलाई गुणस्तरीय र प्रभावकारी बनाईने बताए ।
कार्यक्रमका सभाध्यक्ष विध्यालयका प्रअ सूर्यप्रसाद घिमीरेले सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न विध्यालयकाे प्राथमिकता रहेकाे बताए। शैक्षिक, अतिरिक्त र प्रविधि मैत्री बनाउदै स्मार्ट कक्षा, स्मार्ट विद्यालय र स्मार्ट शिक्षा बनाउन विद्यालय प्रशासन लागि परेकाे बताए । कार्यक्रममा ११ र १२ संयाेजक राम श्रेष्ठ, शिक्षक सरस्वती अधिकारी, विध्यार्थी राधिका थिङ्ग लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कंडेल, सह प्रअ वेदराज काेईरालालयागत शिक्षक र विद्यार्थीको उपस्थिति रहेकाे थियाे ।
विदाई कार्यक्रममा विद्यार्थीहरूलाई कक्षागत सामूहिक फाेटाे मायाकाे चिनाेकाे रूपमा प्रदान गर्दै कक्षा १२ काे परिक्षाकाे लागि शुभकामना प्रदान गरेकाे थियाे भने भर्खरै भएकाे नगरस्तरीय परिक्षामा विध्यालयले कक्षा ८ काे नतिजामा ४ जना चार जिपिएसहित विद्यार्थी उत्रिर्ण गराउन सफल भएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan