Search
Close this search box.

कार्की आयोगको प्रतिवेदनमाथि गगन थापाको असन्तुष्टि, निष्पक्ष छानबिनको माग


मकवानपुर । गगनकुमार थापा, नेपाली कांग्रेसका सभापतिले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताएका छन्।

आज हेटौँडामा आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले उक्त घटनाबारे सत्यतथ्यमा आधारित, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीको पराजयसम्बन्धी समीक्षा गर्दै उनले नयाँ सरकारले गैरकानुनी सम्पत्ति आर्जन तथा भ्रष्टाचारका विषयमा अनुसन्धान गर्दा कानुन, नियम र विधि प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताए। उनले कसैप्रति पूर्वाग्रही व्यवहार नगर्न आग्रह गर्दै विधिको शासन सबैले प्रधानमन्त्रीसहित पालना गर्नुपर्ने उल्लेख गरे।

यसै कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले पार्टीका क्रियाशील सदस्यहरूले नयाँ जिम्मेवारी ग्रहण गर्दै डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीका नीति तथा सिद्धान्त जनस्तरसम्म पु-याउनुपर्ने आवश्यकता औँल्याए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan