Search
Close this search box.

स्मारकमा जातीय सङ्गग्रालय सञ्चालन हुने


हेटाैँडा । सहिद स्मारक हेटाैँडामा जनजाति संग्राहलय सञ्चालन हुने भएकाे छ । सङ्ग्रलयकाे पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेकाे र असारकाे अन्तिम सातासम्म सञ्चालनमा ल्याईने भएकाे छ ।
संग्राहलयकाे सञ्चालनकाे लागि विभिन्न जनजाति संगठनका अगुवाहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएकाे स्मारक विकास समितिका सदस्य नवीन सिग्देलले जानकारी दिए । छलफलमा स्मारक विकास समितिका अध्यक्ष तथा प्रथम मूख्यमन्त्री डाेरमणी पाैडेलले आदिबासी जनजाती समूदायकाे भेषभुषा, रहनसहन, रितिरिवाज, भाषा सँस्कृति पहिचान झल्काउने सामग्री संकलन गरि राखिने बताए । उनले सङ्ग्रलय अवलाेकनकाे साथै अध्ययन र अनुसन्धानकाे केन्द्र बन्ने र विभिन्न जातिजनजातिकाे असल संस्कार र मूल्यमान्यताकाे प्रचार र संरक्षण गर्न मदत गर्ने बताए । तत्काल चेपाङ्ग, तामाङ्ग, नेवार, थारू, माझी, मगर, गुरूङ्ग, राई, लिम्बू, किराँत राई, सुनुवार, बनकरिया, पहरीलगायतकाे पहिचान दिने सामग्री राख्न कार्य अगाडि बढाईएकाे छ ।
छलफल तथा अन्तरक्रियाबाट सङ्ग्रालय सञ्चालनकाे लागि आवश्यक सामग्री संकलन समन्वय गर्न रामकृष्ण थापा संयाेजक र सबै जनजातिका अगुवाहरू सदस्य रहेकाे समन्वय समिति समेत गठन गरिएकाे छ । छलफल र अन्तरक्रिया स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राना, सचिव रघुनाथ खुलाल, समितिका सदस्यहरू नवीन सिग्देल, ईन्द्रप्रसाद नेपाल, कृष्णराम न्याैपाने, स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्याैपाने, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जङ्गबहादुर गुरूङ्गलगायत विभिन्न जातीय संगठनहरूका अगुवाहरूकाे उपस्थितिमा छलफल र अन्तरक्रिया सम्पन्न भएकाे हाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan