Search
Close this search box.

प्रहरीमाथि हातपात गरेको आरोपमा बर्तौला पक्राउ

हेटौंडा । हेटौंडा–३ बसामाडीका ५० वर्षीय सुदर्शन बर्तौलालाई प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार श्रीमान–श्रीमतीबीच भएको विवाद समाधानका लागि दुवैलाई प्रहरी चौकी बसामाडीमा ल्याइएको थियो।

चौकीमै पुनः बर्तौलाले आफ्नी श्रीमती र छोरामाथि कुटपिट गर्न खोजेपछि त्यहाँ कार्यरत ३० वर्षीय प्रहरी जवान भगेन्द्र थापाले छुट्याउने प्रयास गरेका थिए। सो क्रममा बर्तौलाले प्रहरी जवान थापामाथि नै हातपात गर्दा उनको मुखमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि बर्तौलालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको छ। थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan