Search
Close this search box.

मकवानपुरमा ओभरलोड ढुवानी गर्ने १३ ट्रिपर नियन्त्रणमा

हेटौंडा । मकवानपुर प्रहरीले ओभरलोड ढुवानीमा संलग्न १३ वटा ट्रिपर नियन्त्रणमा लिएको छ। शनिबार बिहान करिब ६:१० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा हेटौंडा–१९ नेवारपानी क्षेत्रमा मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेका ती ट्रिपरहरू फेला पारी जाँच गरेको थियो।

जाँचका क्रममा ट्रिपरहरूमा चुनढुङ्गा ओभरलोड रहेको तथा आवश्यक कागजात (बिल) समेत नरहेको पाइएपछि सबै सवारीसाधन नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ। हाल ती ट्रिपरहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

नियन्त्रणमा लिइएका ट्रिपरहरूमा म.प्र.०३-००१ क २५९५, म.प्र.०३-००१ क २५८१, बा.प्र.०३-००१ ख १२७३, बा.प्र.०३-००१ ख १२७२, ना.८ ख ४३८२, म.प्र.०३-००१ क २५९१, म.प्र.०३-००१ क २५८३, बा.प्र.०३-००१ ख १२७०, ना.८ ख ५०२९, ना.१ क ८७०१, ना.१ क ८६९८, ना.१ क ८६९ र बा.प्र.०३-००१ ख ४६६२ रहेका छन्।

यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरले ओभरलोड ढुवानी गर्ने ट्रक तथा ट्रिपरमाथि कडा कारबाही गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो। साथै, दैनिक कारबाहीको विवरण नियमित रूपमा प्रशासन कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan