Search
Close this search box.

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भन्दै कडा असन्तुष्टि जनाएकी छन्। उनले आयोगले समयमै प्रतिवेदन सार्वजनिक नगरे आफूले नै सार्वजनिक गर्ने चेतावनीसमेत दिएकी छन्।

शुक्रबार काठमाडौंमा इन्सेकद्वारा आयोजित दुई दिने ‘प्रथम युवा मानव अधिकार रक्षक सम्मेलन’ कार्यक्रममा बोल्दै थापाले आफ्नो नेतृत्वमा रहेको समितिले दुई महिनाअघि नै प्रतिवेदन आयोगका अध्यक्षसमक्ष बुझाइसकेको भए पनि अझै सार्वजनिक नगरिनु गम्भीर विषय भएको बताइन्।

उनले भनिन्, “हाम्रो टिमले प्रतिवेदन बुझाइसकेको छ। बुझाइसकेपछि बिदा भनेर रोकिनु हुँदैन। प्रतिवेदनमा कारबाहीका लागि सिफारिस गरिएका विषयहरू बाहिर ल्याउनुपर्छ र सरकारसमक्ष पेस गर्नुपर्छ।” उनका अनुसार दुई महिना बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नहुनु पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउने विषय हो।

थापाले आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न ढिलाइ गर्नु उचित नभएको उल्लेख गर्दै भनिन्, “यदि आयोगले प्रतिवेदन सार्वजनिक गर्न सकेन भने मसँग सबै विवरण सुरक्षित छन्, आवश्यक परे म आफैं सार्वजनिक गर्छु।”

उनले आफूले बुझाएको प्रतिवेदन आयोगको अन्तिम आधिकारिक प्रतिवेदन नहुन सक्ने भए पनि नागरिकले त्यसलाई स्वतन्त्र रूपमा मूल्यांकन गर्न पाउनुपर्ने धारणा राखिन्। “यो प्रतिवेदन सबै नागरिकले जान्न र बुझ्न पाउनुपर्छ,” उनले भनिन्, “प्रतिवेदन सार्वजनिक गर्नका लागि नागरिकले आयोगलाई दबाब दिनुपर्छ।”

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे अध्ययन तथा अनुसन्धान गर्न डा. थापाको नेतृत्वमा विशेष समिति गठन गरेको थियो। उक्त समितिले घटनासम्बन्धी तथ्य, निष्कर्ष र सिफारिससहितको प्रतिवेदन गत चैत ६ गते आयोगका अध्यक्ष तपबहादुर मगरलाई बुझाएको थियो।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

मकवानपुरका पूर्वाधार योजनामा पुन गति, मन्त्री देवकोटाद्वारा अनुगमन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan