Search
Close this search box.

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

मकवानपुर । मकवानपुर जिल्लामा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान तीव्र बनाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्लाभर अतिक्रमित जग्गाको विवरण संकलन कार्य सुरु गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार पहिलो प्राथमिकतामा नेपाल सरकारका विभिन्न निकायका नाममा लालपुर्जा भएका जग्गामा भएको अतिक्रमण हटाइनेछ। मनहरी गाउँपालिका–८ मा सडक डिभिजनको नाममा रहेको करिब २ सय ५ बिगा जग्गा अतिक्रमण भएको सूचना प्राप्त भएकाले उक्त विषयको छानबिन गरी तत्काल हटाउने तयारी गरिएको उनले जानकारी दिए ।

यसैगरी जिल्लाका अन्य स्थानहरूमा पनि सरकारी स्वामित्वमा रहेका जग्गामा अतिक्रमण गरिएको पाइएमा हटाइने प्रशासनले जनाएको छ। सरकारी जग्गाको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको समेत भएकाले मकवानपुरका सबै स्थानीय तहलाई आवश्यक तथ्यांक संकलन गर्न आग्रह गरिएको छ।

सडक अतिक्रमण गरी असुरक्षित रूपमा बसोबास गरिरहेका तथा अदालतबाट स्टे अर्डर नआएका संरचनाहरू पनि तत्काल हटाइने प्रशासनले स्पष्ट पारेको छ। सरकारी निकायबाट प्रदान गरिएको वैधानिक कागजात भएका बाहेक अन्य सबै अतिक्रमित संरचनामाथि कारबाही गरिने जनाइएको छ।

हाल जिल्लाभर कहाँ–कहाँ कति जग्गा अतिक्रमण भएको छ र त्यहाँ कस्ता संरचना निर्माण भएका छन् भन्ने विस्तृत विवरण संकलन भइरहेको छ। सुरक्षा निकाय तथा सम्बन्धित पक्षहरूसँग समन्वय गरेर काम अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan