हेटौंडा । मकवानपुर प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा–१०, टिसिएन रोड बस्ने ४५ वर्षीय सन्तोष न्यौपाने रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो करिब २:२५ बजे कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनी विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर मुद्दामा संलग्न रहेका थिए।
मकवानपुर जिल्ला अदालत, हेटौंडाले बैशाख १५ गते पक्राउ अनुमति प्रदान गरेपछि उनी वारदातपछि फरार रहेका थिए। प्रहरीले अनुसन्धानका क्रममा उनलाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?



