Search
Close this search box.

मकवानपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ३ ग्राम २८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो करिब २ः३० बजे प्रहरी टोलीले मकवानपुरको बकैया गाउँपालिका–७ स्थित विजय भोलनको घरमा शंकास्पद अवस्थामा बसेका व्यक्तिहरूमाथि निगरानी तथा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा सोही स्थान बस्ने ३४ वर्षीय विजय भोलन, २३ वर्षीय विशाल लोप्चन, बकैया गाउँपालिका–३ बस्ने ३४ वर्षीय संजिव लामा तथा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय विजय मोक्तानको साथबाट लुकाइछिपाइ राखिएको अवस्थामा ३ ग्राम २८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित चारै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan