Search
Close this search box.

हेटौंडामा लागुऔषधसहित ३ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार साँझ करिब ६:३० बजे हेटौंडा–४ कमलडाँडास्थित सजिना लामा पाख्रिनको डेरामा प्रहरीले छापा मारेको थियो।

प्रहरी टोलीले शंकास्पद अवस्थामा बसिरहेका हेटौंडा–१५ घर भई हाल हेटौंडा–४ बस्दै आएकी २२ वर्षीया सजिना लामा पाख्रिन, २७ वर्षीय अमुल प्रजापति र २८ वर्षीय विमल श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरूको शरीर तथा डेराकोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ३७० मिलिग्राम खैरो हेरोइन, १६ ग्राम ३८० मिलिग्राम अफिम तथा एक थान डिजिटल तौल मेसिन (तराजु) बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागुऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट लागूऔषध कसुर मुद्दामा म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan