Search
Close this search box.

फर्जी बिल बनाई अवैध रूपमा ल्याइएका ५६० वटा बोइलर कुखुरा नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले फर्जी बिल बनाई अवैध रूपमा ओसारपसार गरिँदै गरेका ५६० वटा बोइलर कुखुरा सहित बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बेलुकी करिब ६ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सवारी जाँच गर्ने क्रममा बाराबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको ना ३ च ७५६३ नम्बरको बोलेरो पिकअप गाडी रोकी चेकजाँच गरेको थियो।

जाँचका क्रममा फर्जी बिल बनाई अवैध रूपमा ल्याइएका ५ सय ६० वटा बोइलर कुखुरा फेला परेपछि प्रहरीले गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा पर्नेमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सुस्ता गाउँपालिका–३ बस्ने वर्ष २३ का सोहित महत्तो, जिल्ला चितवन खैरहनी नगरपालिका–५ बस्ने वर्ष २१ का नसिब चौधरी तथा वर्ष २५ का सुनिल चौधरी रहेका छन्।
उनीहरूलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र हेटौंडा, मकवानपुर पठाइएको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan