Search
Close this search box.

प्रमुख प्रशासकीय अधिकृत नआउँदा हेटौंडा उपमहानगरपालिकाको कामकाज ठप्प

प्रमुख प्रशासकीय अधिकृत नआउँदा हेटौंडा उपमहानगरपालिकाको कामकाज ठप्प

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नआउँदा वडा कार्यालयदेखि नगरस्तरसम्मका अधिकांश कामकाज ठप्प भएका छन्।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमको जेठ ४ गते अवकाश भएपछि सोही दिनदेखि प्रशासनिक काम प्रभावित बनेको नगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन्। अवकाश मिति जेठ ४ गते भए पनि गौतम करिब एक महिनाअघि नै बिदामा बसेका थिए ।

उनको अवकाशसँगै नयाँ प्रमुख प्रशासकीय अधिकृत नआएसम्म प्रशासनिक काम रोकिएको बताइएको छ।

उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार वैशाख १४ गतेपछि गौतम व्यक्तिगत कामले कार्यालय बाहिर रहेका थिए। “जेठ ४ गते अवकाश हुने पत्र आइसकेपछि निमित्तको अधिकार पनि नरहेको अवस्था भयो,” उनले भने, “नयाँ प्रमुख प्रशासकीय अधिकृत नआएसम्म अधिकांश काम रोकिएको छ।”

अर्यालका अनुसार यसले स्थानीय तहको बजेट निर्माण प्रक्रियामा समेत असर परेको छ। संघीय सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णयको प्रतीक्षामा उपमहानगरपालिका रहेको उनले बताए।

#

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan