Search
Close this search box.

हेटौंडामा चोरीमा संलग्न दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–८ बुढीचौर घर भई हाल हेटौंडा–७ कमाने डेरा गरी बस्ने २३ वर्षीय चुडामणी खड्का र २१ वर्षीय टेक बहादुर खड्का रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार बुधबार राति करिब ३ः३० बजे प्रहरी टोलीले हेटौंडा–५ सानोपोखरा चोकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा उनीहरूलाई फेला पारी शरीर तथा झोला खानतलासी गरेको थियो। तलासीका क्रममा उनीहरूको साथबाट सुनका विभिन्न गरगहना, नगद तथा ताल्चा काट्न प्रयोग हुने औजार बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट सुनको चुरा २ थान, सुनको औँठी १ थान, सुनको झुम्का २ थान, ताल्चा काट्ने बोल्टकटर १ थान, घडी ४ थान, सुन राख्ने डब्बा १ थान तथा नगद ४ हजार ११५ रुपैयाँ बरामद गरिएको छ।
उनीहरूलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan