हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार साँझ ६ः१० प्रहरी टोलीले हेटौंडा–११, थानाभर्याङ निवासी २३ वर्षीय समिर क्षेत्रीलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो। खोजतलासीका क्रममा उनको साथबाट ६२० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित क्षेत्रीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?


