हेटौंडा। “समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडामा आयोजित सप्ताहव्यापी कार्यक्रम पुरस्कार वितरण तथा वातावरण सम्मानसहित भव्य रूपमा सम्पन्न भएको छ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वातावरण संरक्षणका लागि समुदाय–सरकार सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा डोरमणि पौडेल, वन तथा वातावरण मन्त्री भरतकुमार केसी, जिल्ला समन्वय समिति प्रमुख ललितकुमार घलानलगायतको उपस्थिति रहेको थियो।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वृक्षारोपण, सरसफाइ अभियान, र्याली तथा विद्यालयस्तरीय प्रतियोगिताहरू सम्पन्न भएका थिए।
यस अवसरमा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन तथा सामाजिक योगदानका आधारमा विभिन्न व्यक्ति, संस्था तथा विद्यालयलाई ‘वातावरण सम्मान–२०८३’ प्रदान गरिएको छ।
साथै सचेतनामूलक र्याली तथा ‘खेर गएका वस्तुबाट उत्पादित सामग्री’ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो।


