Search
Close this search box.

मकवानपुरको इन्द्रसरोबरमा सवारी दुर्घटना


हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित धारा ढोला (खोल्सा) क्षेत्रमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

शनिबार दिउँसो करिब १२:३० बजे हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको BAA 9768 नम्बरको बोलेरो गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
दुर्घटनापछि दुवै सवारी साधनमा सवार चालकसहित १४ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र १० जनाको अवस्था मध्यम रहेको छ।
सुमो चालक काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ बस्ने अन्दाजी ४५ वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उक्त सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।

दुवै सवारी साधन घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan