हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–८ साततल्लेमा शनिबार इनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय कालीमाया भोलनको घर पछाडि रहेको करिब २० फिट गहिरो व्यक्तिगत इनार सफा गर्ने क्रममा ठोटरीखोलाका ४५ वर्षीय मिनबहादुर योञ्जन बेहोस भएका थिए।
प्रहरीका अनुसार मिनबहादुर इनारभित्र पसेर सफाइ गरिरहेका बेला अक्सिजनको कमीका कारण बेहोस भएका हुन्। उनीसँगै रहेका नविन योञ्जन र समिर वाइबा बाहिरबाट पानी तान्ने काम गरिरहेका थिए।
करिब साँझ ६:२० बजे नेपाली सेनाको टोली इनारभित्र प्रवेश गरी मिनबहादुरलाई बाहिर निकालेको भए पनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?



