हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–८ बेलुवास्थित एक कोठाबाट २२ किलो ८५२ ग्राम गाँजासहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब १०ः३० बजे मनहरी गाउँपालिका–८ बेलुवामा रमेश न्यौपानेको घरमा कोठा भाडामा बस्दै आएकी बारा जिल्लाको स्वर्ण गाउँपालिका–८ पर्सामपुर घर भएकी करिब २५ वर्षीया सेहेरा खातुनले आफ्नो कोठामा गाँजा लुकाइछिपाइ राखेको भन्ने सूचना प्राप्त भएको थियो।
सूचनाको आधारमा प्रहरी टोलीले कोठामा खानतलासी गर्दा चामलको बोराभित्र रातो प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा २२ किलो ८५२ ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजासहित खातुनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?



