Search
Close this search box.

विद्युत सर्ट भइ आगलागी हुँदा १२ लाख भन्दा बढी क्षति


मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानीमा मंगलबार राति घरमा आगलागी हुँदा करिब १२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार राति ९:५५ बजे स्थानीय कुल बहादुर घिसिङको घरमा विद्युत सर्ट भई अचानक आगलागी भएको थियो। आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी टोली, स्थानीय बासिन्दा तथा बागमती गाउँपालिकाको दमकल र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास थियो।
प्रहरीका अनुसार राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। घटनामा कुनै मानवीय तथा पशुचौपायाको क्षति भएको छैन।
आगलागीबाट ३० मुरी धान (अन्दाजी ७५ हजार रुपैयाँ), १५ क्विन्टल मकै (अन्दाजी ५३ हजार रुपैयाँ), एउटा विद्युतीय घट्ट (४५ हजार रुपैयाँ), फर्निचरका सामान (१ लाख रुपैयाँ) तथा लत्ताकपडा, भाँडावर्तन, विद्युत मिटर र घरमा क्षति पुगेको छ। आगलागीका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट १२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan