Search
Close this search box.

मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ ५ः१० बजेतिर मनहरी गाउँपालिका–६ कोलाघारी निवासी ३९ वर्षीय मङ्गल बहादुर प्रजालाई करेन्ट लागेको थियो। उनी मनहरी गाउँपालिका–६ प्रतापपुर निवासी सुरेश मोक्तानको निर्माणाधीन नयाँ घरमा ढोका जडान गर्ने क्रममा ढोकामा ड्रिल गरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घाइते प्रजालाई उनकी श्रीमती रस्तीमाया प्रजाले उपचारका लागि मनहरी अस्पताल पुर्‍याएकी थिइन्। मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।

तर उपचारकै क्रममा साँझ ६ः५५ बजे हेटौंडा अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको  प्रहरीले  जनाएको छ।

मृतकको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan