Search
Close this search box.

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम


कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा रहेका विद्यालयमा कार्यरत आईटी फोकल शिक्षकलाई ५ दिने सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । वडा ९ मा अवस्थित कालिका माविमा सञ्चालित तालिम वडाध्यक्ष भूवन सिं घलानको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा मंगलबार तालिम समापन भएको थियो ।
सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै अध्यक्ष मुक्तानले आजको युग प्रविधिको युग हो । शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउन सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका रहने बताए । तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई शिक्षकहरूले आफ्नो दैनिक कक्षाकोठा शिक्षणमा प्रयोग गर्नुहुन आग्रह गरेका छन् ।
तालिम केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई सिकेका कुरालाई व्यवहारमा उतार्ने अवसर हो । यहाँहरूले सिकेका प्रविधिमैत्री शिक्षण विधि, डिजिटल सामग्रीको प्रयोग तथा नवीन अभ्यासहरूले विद्यालय शिक्षामा सकारात्मक परिवर्तन ल्याउनु हुनेछ भन्ने विश्वास लिएको बताए ।
कैलाशमा स्थायी शिक्षक थोरै र करार राहतका शिक्षकहरु बढी रहेको अवस्थामा पनि शिक्षामा विस्तारै वृद्धि विकास भइरहेको उनले बताए । विकटताले पनि अन्य क्षेत्रको जस्तो शिक्षामा प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै गाउँपालिकाको आन्तरिक स्रोत कम हुँदा पनि विद्यालय क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले शिक्षकहरुले प्रविधिलाई भरपुर प्रयोग गर्नुपर्ने बताए । तालिमले अध्यापनसँगै विद्यालयमा हुने सिस्टमलाई प्रविधिमा जोडेर राख्न सहजता पुग्नुका साथै विद्यालयको प्रशासनिक र अध्यापनमा पनि सहज वातावरण पुग्ने बताए । उनले शिक्षक राष्ट्रका मार्गदर्शक हुन्, यहाँहरूले सिकेका नयाँ प्रविधि, डिजिटल सामग्री तथा आधुनिक शिक्षण विधिहरूलाई कक्षाकोठामा व्यवहारिक रूपमा प्रयोग गर्न सक्नुभयो भने विद्यार्थीहरूको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार आउने बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, आर्एटी विज्ञ प्रकाश पाठक, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, तालिम पश्चातको अनुभव कोथलिटार आविका प्रअ सीताराम श्रेष्ठलगायतले आफ्नो भनाई राखेका थिए ।
गाउँपालिकामा रहेका आधारभूत र माध्यामिक विद्यालयका ३९ जना आईटी फोकल शिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख समीर जोशीले बताए । विद्यालय सञ्चालन र व्यवस्थापन गर्न प्रयोग गरिने इमिस सफ्टवयरका साथै सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको जोशीले बताए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan